जसपा नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति विभागमा नयाँ पदाधिकारी चयन
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले १७ सदस्यीय केन्द्रीय नयाँ पदाधिकारी चयन गरेको छ । पार्टी केन्द्रीय सदस्य लक्ष्मण गुरुङ विभागको प्रमुखमा मनोनीत भएका छन् भने उपप्रमुखमा धमेन्द्र कुमार साह र सचिवमा चिन्तन बज्राचार्य छनौट भएका छन् ।
बिहीबार पार्टी कार्यालय बालकुमारीमा केन्द्रीय सचिव शैलेन्द्र साहको अध्यक्षता र महासचिव रामकुमार शर्माको विशेष उपस्थिति तथा केन्द्रीय सदस्य प्रमोद साह र तारा विश्वकर्मा लगायतको उपस्थितिमा बसेको बैठकले विभागको पदाधिकारी र सदस्य चयन प्रक्रिया टुंग्याएको छ ।
विभागको बैठकले पार्टी निकट उद्योगी व्यवसायीहरूको राष्ट्रिय भेला आगामी फाल्गुनभित्र आयोजना गर्ने निर्णय गरेको छ ।
यसैगरी, कृषि, उद्योग, जलश्रोत, ऊर्जा, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा आन्तरिक तथा बाह्य लगानी मैत्री वातावरण तयार गर्न अध्ययन, अनुसन्धान, छलफल, गोष्ठी, अन्तरक्रिया गर्नुका साथै उद्योग, वाणिज्य र व्यापार सम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्ने विभागले निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण