जसपा नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति विभागमा नयाँ पदाधिकारी चयन

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले १७ सदस्यीय केन्द्रीय नयाँ पदाधिकारी चयन गरेको छ । पार्टी केन्द्रीय सदस्य लक्ष्मण गुरुङ विभागको प्रमुखमा मनोनीत भएका छन् भने उपप्रमुखमा धमेन्द्र कुमार साह र सचिवमा चिन्तन बज्राचार्य छनौट भएका छन् ।
बिहीबार पार्टी कार्यालय बालकुमारीमा केन्द्रीय सचिव शैलेन्द्र साहको अध्यक्षता र महासचिव रामकुमार शर्माको विशेष उपस्थिति तथा केन्द्रीय सदस्य प्रमोद साह र तारा विश्वकर्मा लगायतको उपस्थितिमा बसेको बैठकले विभागको पदाधिकारी र सदस्य चयन प्रक्रिया टुंग्याएको छ ।
विभागको बैठकले पार्टी निकट उद्योगी व्यवसायीहरूको राष्ट्रिय भेला आगामी फाल्गुनभित्र आयोजना गर्ने निर्णय गरेको छ ।
यसैगरी, कृषि, उद्योग, जलश्रोत, ऊर्जा, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा आन्तरिक तथा बाह्य लगानी मैत्री वातावरण तयार गर्न अध्ययन, अनुसन्धान, छलफल, गोष्ठी, अन्तरक्रिया गर्नुका साथै उद्योग, वाणिज्य र व्यापार सम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्ने विभागले निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिबर्मा खोलाबाट दैनिक आठ करोड लिटर पानी ल्याएर काठमाडौँमा वितरण गरिँदै
-
पार्टीका गुट र उपगुटहरूलाई खुसी पार्ने बजेट
-
अस्ट्रेलियाले हटायो समलिङ्गी पुरुषलाई रक्त, प्लाज्मा दानमा लगाएको प्रतिबन्ध
-
ब्युँताइँदै छ लिच्छविकालीन सप्तपाताल पोखरी, तस्बिरहरू
-
ट्रम्पले तेस्रो पटक बढाए टिकटकमाथि प्रतिबन्ध लाग्ने म्याद
-
ट्रम्पले निःशर्त आत्मसमर्पण गर्न सुझाएपछि खामेनीले दिए यस्तो प्रतिक्रिया