कर्णाली प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस
शुक्रबार, १९ पुस २०८१, १० : ४२
सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक माघ ७ गते बोलाइने भएको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले माघ ७ गते बैठक आह्वान गर्न सिफारिस गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए ।
यसअघि प्रदेश सभाको चौथो अधिवेशन असोज १५ गते स्थगित गरिएको थियो । यस्तै मन्त्रिपरिषद् बैठकले स्थानीय सेवा गठन तथा कार्यसंचालन नियमावली स्वीकृति गरेको छ भने आम सञ्चार सम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ ।
साथै वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति गरिएको पनि ती मन्त्रीले बताए । आजको बैठकले विभिन्न १८ वटा निर्णय गरेको बताइएको छ ।
मन्त्रिपरिषद्का निर्णय आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी गराइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण