सरकारले नियतवश संघीय संसदको अधिवेशन आह्वान गरेनः माओवादी

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संघीय संसदको अधिवेशन आह्वान नभएकोमा असन्तुष्टि पोखेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले नियतवश संघीय संसदको अधिवेशन आह्वान नगरेको आरोप लगाए । उनले संसदमा रहेका सबै दलसँग छलफल गरेर दबाब सिर्जना गर्ने बैठकले निर्णय गरेको बताए ।
उनले संसद् छलेर सरकारले दलविभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको आरोप लगाए । सापकोटाले चाँडो भन्दा चाँडो संसदको अधिवेशन आह्वान गर्न सरकारलाई आग्रह समेत गरे ।
बैठकमा ३० जना स्थायी कमिटी सदस्यले अध्यक्ष प्रचण्डले मौखिक रूपमा राखेको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेको सापकोटाले बताए । उनीहरूले समसामयीक परिस्थिति, पार्टी रूपान्तरण, अहिलेको सरकारको क्रियाकलापका बारेमा, संविधान संशोधनका बारेमा धारणा राखेको उनले बताए । समाजवादी विचारधाराको विकासका लागि, सबै पालिकाहरूमा समाजवादका आधारशीला खडा गर्ने गरी तयारी गर्नुपर्नेमा नेताहरूको जोड गरेको सापकोटाले जानकारी दिए ।
बैठकमा प्रचण्डले देशका सबै तहका जनतामाझ पुगेर समस्या बुझ्ने गरी विभिन्न अभियान सञ्चालन गर्ने र त्यसमा अध्यक्षसहित सबै केन्द्रीय नेताहरू समेत सहभागी हुने बताएका थिए । स्थायी कमिटी बैठक शनिवार पनि बस्ने प्रवक्ता सापकोटाले बताए । पुस २१ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको तयारीका लागि माओवादीको स्थायी कमिटीको बैठक निरन्तर बसिरहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो नेप्से परिसूचक
-
गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु
-
इजरायली विमानस्थल आक्रमणमा इरानको संलग्नता छैन : तेहरान
-
बजेटमा चलखेल गर्न कार्यक्रम बिनाको नीति ल्याइयो : वर्षमान पुन
-
सरकारले बजेटबाट प्रभावकारी काम गर्नुपर्ने चुनौती छ : मुख्यमन्त्री लामा
-
माओवादी, राजावादी र कांग्रेसलाई एमालेको एकमुस्ट जवाफ : उच्चस्तरीय संयन्त्र खारेज गर्दा हुन्छ