मोरङमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु
मोरङ । मोरङका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
उर्लाबारी नगरपालिका-५ स्थित सडकमा प्रदेश १-०२-०४५ प २४६० स्कुटर अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा स्कुटर चालक उर्लाबारी नगरपालिका-५ झुम्राहा बस्ने ४५ वर्षीय नरेन्द्र गुरूङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसै गरी मोरङकै रंगेली नगरपालिका-३ रंजनीस्थित सडकमा को.२ त ५५९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा सहचालक सोही नगरपालिका-३ दक्षिण टोल बस्ने १८ वर्षीय सुरज पासवानको मृत्यु भएको छ । सुरजले उक्त ट्याक्टर चलाउने क्रममा दुर्घटना भई गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
उता विराटनगर महानगरपालिका-१४ स्थित सडकमा जेएच १५ जे ७१०३ नम्बरको ट्रक र प्र.१-०२-०४१ प १३२१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा सोही महानगरपालिका-१५ मिल्स एरीया बस्ने बैजनाथ ठाकुरको छोरा मोटरसाइकल चालक १६ वर्षीय सुरज ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण