विद्युत् प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउँछौँ : कुलमान घिसिङ
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउने बताएका छन् । आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसका भएको हाई भोल्टेज ल्याबको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यकारी निर्देशक घिसिङले विद्युत् प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरको अभाव रहेको बताए । उनले लामो समयसम्म दरबन्दी बनाउन नसक्दा रोकिएको इलेक्ट्रिकल इन्जिनियरको विज्ञापन भर्खरै निकाल्न सफल भएको बताए । उनले लोकसेवा मार्फत एकै पटक ७० जना इलेक्ट्रिकल इन्जिनियर लिनेगरी विज्ञापन निकालिएको बताए ।
उनले भने,‘इलेक्टिकल इन्जिनियर विद्युत् प्राधिकरणभित्र खडेरी छ । लामो समयदेखि विज्ञापन दरबन्दी यकिन गर्न नसक्दा निकाल्न सकेका थिएनौँ । इलेक्ट्रिकल इन्जिनियरहरुको लागि विद्युत् प्राधिकरण ठुलो हब बनाउनुपर्छ ।’
कार्यकारी निर्देशक घिसिङले विद्युत् प्राधिकरणका ट्रान्सफर टेष्टिङ ल्याब र वर्कसपहरु प्रायः इन्टर्नसिपका विद्यार्थीले नै चलाएको बताए । उनले विद्युत् प्राधिकरणले १५ सय जना विद्यार्थीहरूलाई हरेक पटक लिने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण