अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
वासिङ्टन । दक्षिण कोरियामा जारी राजनीतिक उथलपुथलका बीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । विदेशमन्त्री ब्लिन्केनले सियोलमा रहँदा ‘स्वतन्त्र, खुला र समृद्ध इन्डो–प्यासिफिक’ प्रबद्र्धन गर्ने प्रयासलाई कसरी बढावा दिन सकिन्छ भन्ने विषयमा छलफल गर्ने बताएका छन् ।
अमेरिकी विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विदेशमन्त्रीे ब्लिन्केनले जनवरी ४ देखि ९ सम्म दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्नेछन् । विदेशमन्त्री ब्लिन्केनले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाली गठबन्धनलाई पुनः पुष्टि गर्न र हाम्रा साझा मूल्यमान्यतामा आधारित विश्वका चुनौतीहरूमा हाम्रा महत्वपूर्ण सहयोगलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे छलफल गर्न कोरियाली वरिष्ठ सरकारी अधिकारीहरूसँग भेटघाट गर्नेछन् ।
“संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले स्वतन्त्र, खुला र समृद्ध इन्डो–प्यासिफिक क्षेत्रको सुरक्षाका लागि जापानसँग त्रिपक्षीय प्रयासलाई कसरी मजबुत बनाउन सकिन्छ भन्ने विषयमा पनि विदेशमन्त्रीले छलफल गर्नुहुनेछ,” अमेरिकी विदेश मन्त्रालयले भनेको छ । “जापानमा विदेशमन्त्री ब्लिन्केनले जापान सरकारका वरिष्ठ अधिकारीसँग अमेरिका–जापान गठबन्धनले पछिल्ला केही वर्षमा हासिल गरेको प्रगतिको समीक्षा गर्नेछन्।
विदेशमन्त्री ब्लिन्केनले द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूको एक श्रृङ्खलालाई सम्बोधन गर्न गठबन्धनको महत्वलाई पुनः पुष्टि गर्नेछन् र अमेरिका–जापान–दक्षिण कोरिया त्रिपक्षीय सहयोगको गतिलाई जारी राख्ननेछन्। फ्रान्समा विदेशमन्त्री ब्लिन्केनले युरोप, मध्यपूर्व र त्यसभन्दा बाहिरका चुनौतीहरूको सामना गर्न अमेरिकी साझेदारीको एक भागको रूपमा फ्रान्सका वरिष्ठ अधिकारीहरूसँग भेटघाट गर्नेछन्।
यसैबीच, ब्लिन्केनले शनिबार इजिप्टका विदेशमन्त्री बद्र अब्देलाटीसँग पनि कुराकानी गरेका छन् । अमेरिकी विदेश मन्त्रालयले भनेको छ, “विदेशमन्त्री ब्लिन्केन र उहाँका इजिप्टका समकक्षीले गाजामा बन्धकहरूको रिहाई, मानवीय सहायताको प्रवाह बढाउने र युद्धको अन्त्य गर्ने युद्धविरामका लागि जारी प्रयासको पछिल्लो घटनाक्रमबारे छलफल गरेका छन्। उनीहरुले सिरियाको अवस्थाबारे पनि थप छलफल गरेका छन्।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण