नेपाल पत्रकार महासंघमा निर्वाचित भएकाहरूलाई मधेश प्रदेश कांग्रेसद्वारा सम्मान
जनकपुरधाम । नेपाली कांग्रेस मधेस प्रदेश प्रचार प्रसार समितिले नेपाल पत्रकार महासङ्घको हालै सम्पन्न अधिवेशनबाट निर्वाचित भएका पत्रकारहरूलाई सम्मान गरेको छ । पार्टी प्रदेश सञ्चार तथा प्रचार प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार प्रदेशका आठबाटै जिल्लामा निर्वाचितहरूलाई सम्मान गरिएको हो ।
‘मधेस प्रदेशको आठ वटै जिल्लामा नेपाल प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलबाट निर्वाचित भएका पदाधिकारीहरूको सम्मानमा प्रचार प्रसार विभागले बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरिएको हो‚’ उनले भने ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मधेस प्रदेशका सभापति एवं पूर्व मन्त्री कृष्णप्रसाद यादवले लोकतन्त्रको आधार स्तम्भ नै पत्रकारिता क्षेत्र भएको बताउँदै पत्रकारिता क्षेत्र कमजोर भएमा लोकतन्त्र कमजोर हुने बताए ।
यस्तै नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति एवं पूर्व मन्त्री वीरेन्द्रप्रसाद सिंहले पत्रकार समाजको ऐना भएकाले समाजलाई विकसित एवं स्वच्छ बनाउन पत्रकारको भूमिका अति नै महत्त्वपूर्ण रहने उल्लेख गरे । मधेस प्रदेश सरकारमा अर्थमन्त्री सुनिलकुमार यादवले मधेस प्रदेशलाई अन्य प्रदेशको दाँजोमा समुन्नत बनाउन पनि सञ्चारकर्मीहरूबाट आउने सुझावलाई सकारात्मक रूपमा लिएर अघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण