नेता कार्यकर्तालाई उत्पादनसँग जोड्ने प्रचण्ड प्रयास
काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेता कार्यकर्तालाई उत्पादनसँग जोड्दै उनीहरुको आम्दानी समेत पारदर्शी गर्ने नीति लिने भएको छ । आइतबार सुरु भएको सो पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा पार्टी नेता कार्यकर्ताको आम्दानी र आम्दानीको स्रोतबारे व्यवस्थित र सैद्धान्तिकरण गरिने उल्लेख गरेका छन् ।
उनले नेता कार्यकर्ता उत्पादनसँग जोडिनुपर्ने भन्दै आम्दानी र व्यवसाय पनि पारदर्शी हुनुपर्नेमा जोड दिएका हुन् । जसअनुसार प्रचण्डले पदाधिकारीहरूको फागुन १ भित्र सबै सम्पत्ति सार्वजनिक गर्ने प्रस्ताव समेत गरेका छन् ।
‘पार्टीका सबै कार्यकर्ताले केही न केही गरेर खान्छु भन्ने कुरालाई व्यवस्थित र सैद्धान्तिकृत नै गर्ने’, बैठकपछि माओवादी केन्द्रीय सदस्य तथा वागमती प्रदेश इन्चार्ज सरल सहयात्रीले प्रतिवेदनको संस्लेषण गर्दै भने, ‘चन्दा आदि एत्यादि गरेर अपरादर्शी भयो भनिएको छ त्यसलाई व्यवस्थित गर्ने ।’
त्यस्तै प्रचण्डको प्रतिवेदनमा सरकारलाई हेर्ने दृष्टिकोणका बारेमा पनि उल्लेख छ । ‘सरकारले जनहितका काम गरेन’, सहयात्रीले भने, ‘समाजवादी कार्यक्रमअन्र्तगत शिक्षामा २० प्रतिशत बजेट, स्वास्थ्य सुविधा सहज र रोजगारीमा स्पस्टता हुनुपर्छ भन्ने छ ।’ प्रचण्डले जनतासँग जोडिने अभियानलाई महत्व दिदै महाधिवेशनसम्म जाने तथा त्यसरी जनतामा जाँदा भ्रष्टाचार लगायतका काण्डमा पार्टीले लिएका पहलकदमीलाई जनताको तहसम्म पुर्याउने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण