३ लाखभन्दा बढी मेट्रिक टन रासायनिक मल ल्याउन बाँकी
आइतबार, २१ पुस २०८१, २० : २४
काठमाडौँ । नेपालले चालु आर्थिक वर्षमा ३ लाख ३९ हजार मेट्रिक टन रासायनिक मल ल्याउन बाँकी छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा सरकारले ५ लाख ५० हजार मेट्रिक टन रासायनिक ल्याउने लक्ष्य राखेको छ ।
२ लाख १० हजार मेट्रिक टन आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । सोमध्ये कृषि सामग्री लिमिटेडले १ लाख ८१ हजार मेट्रिक टन र २८ हजार ६ सय मेट्रिक टन साल्ट ट्रेडिङ्ग कम्पनीले भित्र्याएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण