सुदूरपश्चिमका चार दर्जन नेता तथा कार्यकर्ताले एमाले त्यागे
काठमाडौँ । नेकपा एमालेमा पटक पटक अपमानित भएर बस्नुपरेको भन्दै कैलालीका करिब चार दर्जन पूर्वमाओवादी नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । उनीहरूले एमाले भएर बस्दा पनि पटक पटक अपमानित हुनुपर्ने, राजनीतिक रूपमा पूर्वमाओवादी भनेर अपहेलित हुनुपर्ने लगायत आरोप लगाउँदै पुस ११ गते अत्तरिया नगर अध्यक्षलाई राजीनामा बुझाएका थिए ।
‘एमाले भएर बस्दा पनि हामीले पटक–पटक अपमानित हुनुपर्ने राजनीतिको रूपमा पूर्व माओवादी भनेर अपहेलित हुनुपर्ने, मूल नेतृत्व के विरुद्ध तलै सम्म गुटबन्दी गर्ने परम्परा भित्र अब बस्न सकिन्न भन्ने निष्कर्षमा हामी पुगेकै हो’, राजीनामामा भनिएको छ । ‘तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर नेपाल कम्युनिस्ट पार्टी बनेपछि यस क्षेत्रका नेता कार्यकर्ता उत्साही बनेको तर त्यो एकता मुख्य नेताहरू को आपसी लडाईको कारणले टिक्न नसकेको उनीहरूको आरोप छ ।
तत्कालीन माओवादीले गरेको ठुलो क्रान्ति जनयुद्धलाई कसैले पनि इन्कार गर्न नसक्ने भन्दै उनीहरूले अहिलेको गणतन्त्र, सङ्घीयता, समावेशिता सबै जनयुद्धकै जगमा आएका बताएका छन् ।
एमाले परित्याग गर्ने नेता तथा कार्यकर्ताहरू-





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण