गाजा युद्धलाई लिएर इजरायली सैनिकविरुद्ध विदेशमा १२ वटा उजुरी दायर
सोमबार, २२ पुस २०८१, १२ : ३७
तेल अभिभ । गाजामा युद्ध अपराधको आरोपमा इजरायली सैनिकहरूले विदेशमा उजुरी खेपिरहेका छन् । इजरायलको विदेश मन्त्रालयले बताएअनुसार इजरायली रक्षा बल (आईडीएफ)का सेनाहरू विरुद्ध कम्तीमा १२ वटा उजुरी दायर भएको भन्दै च्यानल १२ न्युजले आइतबार एउटा समाचारमा भनेको हो ।
सम्भावित मुद्दा मामिलाबाट बच्न कयौँ देशमा इजरायली सेनालाई देश छाड्न अनुरोध आइरहेको खबरकै बिचमा यो खबर आएको हो । गाजामा काम गरिसकेका एक इजरायली सेना मुद्दा मामिलाबाट बच्न आइतबार ब्राजिलबाट भागेको भन्दै सीएनएनले समाचार छापेको थियो ।
ब्राजिल, श्रीलंका, थाइल्यान्ड, बेल्जियम, नेदरल्यान्ड, सर्बिया, आयरल्यान्ड र साइप्रस लगायत देशमा उजुरीहरू दायर भएका छन् । अधिकांश मामिलामा छानबिन सुरु नभएको र कसैलाई पनि पक्राउ नगरिएको बताइएको छ । ब्राजिलमा भने अवस्था कूटनीतिक सङ्कट नजिकै पुगेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण