मनमोहन सेन्टरमा मुटु उपचारसम्बन्धी तीन दिने तालिम सम्पन्न
काठमाडौँ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर (मनमोहन सेन्टर) महाराजगन्जले ‘री फाइन इन्डो कोर्स’को तीन दिने तालिम सञ्चालन गरेको छ । सेन्टरले पुस १८ देखि २० गतेसम्म सो कोर्स सम्पन्न गरेको हो ।
मुटुसँग सम्बन्धी उपचार प्रविधिलाई ‘री फाइन इन्डो कोर्स’ हो । तालिमका लागि मनमोहन सेन्टरले भारतका विभिन्न इस्टिच्युटसँग सहकार्य गरेको हो । सो तालिममा नेपाल र भारतका गरी १५ जना विशिष्ट श्रेणीका चिकित्सकहरूको सहभागिता थियो । मनमोहन सेन्टरका ४ भास्कुलर सर्जन, धुलिखेल अस्पतालका १ भास्कुलर सर्जन र भारतका विभिन्न सहरबाट आएका १० जना विशिष्ट चिकित्सकको संलग्न थियो । सो तालिममा सेन्टरका एनेस्थेसिया विभागका चिकित्सक, नर्सिङ र रेडियोग्राफरहरूको सहयोग थियो ।
मनमोहन सेन्टरमा भर्ना भएका तिन जना बिरामीको जटिल प्रक्रियाको रोग सफलता पूर्वक उपचार भएको छ । सो उपचार प्रतिव्यक्ति २० देखि २५ लाख रुपैयाँ खर्च हुने भएपनि सहुलियत दरमा उपचार गरिएको सेन्टरका भास्कुलर सर्जरी युनिटका प्रमुख प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
-
सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण