मनमोहन सेन्टरमा मुटु उपचारसम्बन्धी तीन दिने तालिम सम्पन्न

काठमाडौँ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर (मनमोहन सेन्टर) महाराजगन्जले ‘री फाइन इन्डो कोर्स’को तीन दिने तालिम सञ्चालन गरेको छ । सेन्टरले पुस १८ देखि २० गतेसम्म सो कोर्स सम्पन्न गरेको हो ।
मुटुसँग सम्बन्धी उपचार प्रविधिलाई ‘री फाइन इन्डो कोर्स’ हो । तालिमका लागि मनमोहन सेन्टरले भारतका विभिन्न इस्टिच्युटसँग सहकार्य गरेको हो । सो तालिममा नेपाल र भारतका गरी १५ जना विशिष्ट श्रेणीका चिकित्सकहरूको सहभागिता थियो । मनमोहन सेन्टरका ४ भास्कुलर सर्जन, धुलिखेल अस्पतालका १ भास्कुलर सर्जन र भारतका विभिन्न सहरबाट आएका १० जना विशिष्ट चिकित्सकको संलग्न थियो । सो तालिममा सेन्टरका एनेस्थेसिया विभागका चिकित्सक, नर्सिङ र रेडियोग्राफरहरूको सहयोग थियो ।
मनमोहन सेन्टरमा भर्ना भएका तिन जना बिरामीको जटिल प्रक्रियाको रोग सफलता पूर्वक उपचार भएको छ । सो उपचार प्रतिव्यक्ति २० देखि २५ लाख रुपैयाँ खर्च हुने भएपनि सहुलियत दरमा उपचार गरिएको सेन्टरका भास्कुलर सर्जरी युनिटका प्रमुख प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय