हाइपरसोनिक मिसाइलबारे किम जोङ उनले किन दिए यस्तो चेतावनी ?
मङ्गलबार, २३ पुस २०८१, ०९ : २२
प्योङयाङ । उत्तर कोरियाले मध्यम दूरीको हाइपरसोनिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले मध्यम दूरीको हाइपरसोनिक मिसाइलको परीक्षण गरेको त्यहाँका नेता किम जोङ उनले मंगलबार बताएका हुन् । यो मिसाइलले प्रशान्त क्षेत्रमा शत्रु देशलाई रोक्न मद्दत गर्ने उनले बताएका छन् ।
यस मिसाइल प्रणालीले आफ्नो देशको सुरक्षालाई खतरामा पार्न सक्ने कुनै पनि शत्रु देशलाई बलियोसँग रोक्न सक्ने समाचार एजेन्सी केसीएनएलाई किमले भने ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणमा रहेका बेला यो परीक्षण भएको हो । यो मिसाइल १ हजार ५०० किमी सम्म पुग्न सक्ने बताइएको छ । मिसाइललाई किमले आक्रामक नभएर आत्मरक्षाको कदम भनेका छन् । ब्लिन्केन र दक्षिण कोरियाली मन्त्री चो ताए–युलले यस परीक्षणको निन्दा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाऔँ : अर्थमन्त्री वाग्ले
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका पाइलट धरौटीमा रिहा
-
नेपाललाई भूराजनीतिक भुमरीमा धकेल्ने जोखिम छ : प्रदीप ज्ञवाली
-
डा. गोविन्द केसीसँग छलफल सुरु गरिसकेका छौँ : शिक्षामन्त्री
-
हिमालय जेटको उडान तयारी अन्तिम चरणमा, विभिन्न पदमा रोजगारी खुला
-
‘सडक सुरक्षा सरकार, नागरिक, सञ्चारमाध्यम र सरोकारवालाको साझा दायित्व’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण