स्वास्थ्यमन्त्री पौडेललाई गेटामा बुझाइयो ज्ञापनपत्र
धनगढी । कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाइएको छ ।
विश्वविद्यालय सञ्चालनार्थ गठित सङ्घर्ष समितिले आज मन्त्री पौडेललाई ज्ञापनपत्र बुझाएको हो । सो क्रममा मन्त्री पौडेलले विश्वविद्यालयको भौतिक पूर्वाधार तथा स्थलको अवलोकन गरेका छन् ।
हाल ५० बेडको अस्पताल सञ्चालन रहेको गेटामा लगत्तै ३०० सय बेड सञ्चालन गर्न सरकार तत्पर रहेको मन्त्री पौडेलको भनाइ छ । अरू प्रदेशमा एमबीबीएस पढाइ हुने तर सुदूरपश्चिममा किन नहुने भन्दै आफै प्रतिप्रश्न गर्दै मन्त्री पौडेलले कार्यविधि संशोधन गरेर भएपनि आउँदो आर्थिक वर्षदेखि एमबीबीएस तहको पढाइ सञ्चालन गर्ने बताए ।
सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेले संघीय राज्य सत्ताबाट पटक पटक सुदूरपश्चिमवासीप्रति गरिएको विभेद तथा अन्यायको शिलशिलाको रुपमा गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय पनि परेकोले सुदूरपश्चिमवासी दशकौंदेखि सङ्घर्षरत रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण