युक्रेनी सहर कब्जा गरेको रुसको दाबी, के भन्छ युक्रेन ?
मङ्गलबार, २३ पुस २०८१, १३ : १६
मस्को । आफ्नो सेनाले पूर्वी युक्रेनको दोनेत्स्क क्षेत्रको कुराखोभे सहर पुनः कब्जा गरेको दाबी रुसले गरेको छ । तर, युक्रेनले भने रुसको यो दाबी स्वीकार गरेको छैन ।
कुराखोभेलाई रणनीतिक दृष्टिकोणले रुस–युक्रेन सीमाको महत्त्वपूर्ण स्थान मानिन्छ । युक्रेनले आइतबार यस क्षेत्रमा जवाफी हमला गरेको थियो । त्यसयता रुस र युक्रेनका सेनाबिच भीषण युद्ध चलिरहेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उपलब्ध गराएको एउटा तस्बिर सामाजिक सञ्जालमा निकै चर्चामा छ । तस्बिरमा कुराखोभोमा रुसी झन्डा बोकेको एक सैनिक देखिएका छन् । सोमबार बिहानसम्म युक्रेनी सेना कुराखोभे भित्र रुसी सेनासँग लडिरहेको युक्रेनको संगठित सेनाका प्रवक्ता भिक्टर त्रिहुबोभले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण