प्रचण्डले भने–‘हामी केपी ओली जस्तो हुने थियौँ, जनार्दनको प्रस्तावले मद्दत गर्यो’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्माले ल्याएको प्रस्तावले पार्टीलाई नयाँ उचाइमा पुर्याउन मद्दत गरेको बताएका छन् । मंगलबार केन्द्रीय समिति बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले छुट्टै प्रस्ताव ल्याएकोमा शर्मालाई धन्यवाद दिएका हुन् ।
‘परामर्श बैठकमा भएको बहसबाट नयाँ संश्लेषण र नयाँ विश्वासतिर पुर्याउन मद्दत गर्यो । त्यसकारण मैले हिजो जनार्दनलाई त्यसै धन्यवाद भनेको होइन । हामी केपी ओली जस्तो पनि हुन सक्ने थियौँ । तर त्यो बाटो गलत हो । यो बहसले हामीलाई नयाँ संश्लेषण र उचाइमा विकास गर्यो’, प्रचण्डको भनाइ उदृत गर्दै एक स्थायी समिति सदस्यले भने, ‘अघि उहाँ(जनार्दन)ले बोल्दा पनि तपाईँहरुले कत्तिको नोट गर्नुभयो । मैले त बुझिहाले । उहाँले पनि बुझिहाल्नुहुन्छ । त्यसकारण त्यसले अन्ततः मद्दतै गर्यो । अब समग्र समीक्षा कति मद्दत गर्यो गरेन आगामी महाधिवेशनमा गर्नेछौँ । अहिले नै फाइनलै गर्नुपर्छ भन्ने पनि छैन हुँदैन पनि ।’
यसैगरी महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने सवालमा पदाधिकारी बैठकको निर्णय सुनाउँदै उनले भने, ‘पदाधिकारीको बैठक बस्यौँ । त्यहाँ कतिपय साथीहरूले महाधिवेशन आयोजक समिति के गर्ने भन्नुभयो ? धेरै साथीहरू अहिले महाधिवेशन आवश्यक छैन । पछि गरेपनि हुन्छ भन्नुभयो । कतिपय साथीले त पहिला चुनाव जितौँ त्यसपछि गरेपछि हुन्छ पनि भन्नुभयो । कतिपयले छिटै गर्नुपर्छ पनि भन्नुभयो । अन्ततः पहिला अभियान चलाउने त्यसपछि महाधिवेशन गर्ने निर्णय भयो । अब हामी ६ महिना महाधिवेशनकै तयारीका रूपमा अभियान हुन्छ । त्यसपछि महाधिवेशन गर्नेछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण