दक्षिण कोरियाका अपदस्थ राष्ट्रपतिको पक्राउ पुर्जीको म्याद थप

सोल । दक्षिण कोरियाका अधिकारीहरूले अपदस्थ राष्ट्रपति यून सुक येओलको पक्राउ पुर्जीको म्याद बढाएका छन् । जनवरी ७ भित्र येओललाई पक्राउ गरिसक्नु पर्ने थियो ।
तर उनका सुरक्षाकर्मी र कार्यकर्ताहरूले पक्राउ गर्न गएका अधिकारीहरूलाई येओलको निवासमा छिर्न नदिएपछि यस अघि दिइएको म्यादभित्र येओललाई समात्न असम्भव भएको हो । गएको महिनाको शुरुमा येओलले एक्कासि मार्सल ल लगाएका थिए ।
केही घण्टा मात्रै टिकेको उक्त मार्सल ललाई सांसदहरूले उल्ट्याए । तर त्यसयता दक्षिण कोरिया राजनीतिक सङ्कटमा फसेको छ । सोही मामिलामा महाभियोग लागेका येओललाई पटक पटक समात्न खोज्दा पनि अधिकारीहरू विफल भएका छन् ।
यसैबिच मंगलबार मध्याह्न सोल पश्चिम जिल्ला अदालतले भ्रष्टाचार अनुसन्धान कार्यालयको अनुरोधमा पुनः येओलको नाममा पक्राउ पुर्जी जारी गरेको छ । यो पुर्जीको म्याद खुलाइएको छैन । पक्राउ पुर्जीको म्याद प्रायः ७ दिनको हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक दलहरु जनताप्रति भन्दा विदेशी शक्तिप्रति बढी झुके : पूर्वसभामुख रानाभाट
-
अमेरिकी विदेशमन्त्रीले भारतीय विदेशमन्त्री र पाकिस्तानी सेना प्रमुखलाई के भने ?
-
बुद्ध किन पूर्णिमाको दिन जन्मे ?
-
‘सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकार गम्भीर छ’
-
टीआरसी छनोट प्रक्रिया खारेज गर्न माग गर्दै प्रदर्शन
-
एकीकृत समाजवादीको युवा सङ्घ महाधिवेशन आयोजक कमिटी संयोजकमा थापा