दक्षिण कोरियाका अपदस्थ राष्ट्रपतिको पक्राउ पुर्जीको म्याद थप
सोल । दक्षिण कोरियाका अधिकारीहरूले अपदस्थ राष्ट्रपति यून सुक येओलको पक्राउ पुर्जीको म्याद बढाएका छन् । जनवरी ७ भित्र येओललाई पक्राउ गरिसक्नु पर्ने थियो ।
तर उनका सुरक्षाकर्मी र कार्यकर्ताहरूले पक्राउ गर्न गएका अधिकारीहरूलाई येओलको निवासमा छिर्न नदिएपछि यस अघि दिइएको म्यादभित्र येओललाई समात्न असम्भव भएको हो । गएको महिनाको शुरुमा येओलले एक्कासि मार्सल ल लगाएका थिए ।
केही घण्टा मात्रै टिकेको उक्त मार्सल ललाई सांसदहरूले उल्ट्याए । तर त्यसयता दक्षिण कोरिया राजनीतिक सङ्कटमा फसेको छ । सोही मामिलामा महाभियोग लागेका येओललाई पटक पटक समात्न खोज्दा पनि अधिकारीहरू विफल भएका छन् ।
यसैबिच मंगलबार मध्याह्न सोल पश्चिम जिल्ला अदालतले भ्रष्टाचार अनुसन्धान कार्यालयको अनुरोधमा पुनः येओलको नाममा पक्राउ पुर्जी जारी गरेको छ । यो पुर्जीको म्याद खुलाइएको छैन । पक्राउ पुर्जीको म्याद प्रायः ७ दिनको हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण