दिल्लीमा फेब्रुअरी ५ मा विधानसभाको निर्वाचन
मङ्गलबार, २३ पुस २०८१, २० : ३०
नयाँ दिल्ली । भारतको दिल्लीमा फेब्रुअरी ५ मा विधानसभाको निर्वाचन हुने भएको छ । भारतको निर्वाचन आयोगले मंगलबार दिल्ली विधानसभा चुनावको मिति तोकेको हो ।
दिल्ली विधानसभाको नतिजा भने निर्वाचनको तीन दिनपछि अर्थात् फेब्रुअरी ८ मा आउने आयोगका प्रमुख आयुक्त राजीव कुमारले बताएका छन् । दिल्लीका ७० सिटमध्ये १२ आरक्षित छन् भने ५८ सिट साधारण हुन् ।
दिल्लीमा १ करोड ५५ लाख मतदाता छन् । उक्त निर्वाचनमा राजधानीसमेत रहेको दिल्लीमा १३ हजारभन्दा बढी मतदान केन्द्र रहने आयोगको भनाइ छ ।
दिल्लीमा १० वर्षदेखि आम आदमी पार्टी (आप)को सरकार रहेको छ । आपले दिल्लीका सबै ७० सिटमा उठ्ने उम्मेदवारको सूची सार्वजनिक गरिसकेको छ । भारतीय जनता पार्टी (भाजपा)ले पनि २९ उम्मेदवार तथा कांग्रेसले ४० भन्दा बढी उम्मेदवारको सूची सार्वजनिक गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण