चीनमा भूकम्पबाट मर्नेको सङ्ख्या १ सय २६ पुग्यो, उद्धारमा चिसो तापक्रम चुनौती
मङ्गलबार, २३ पुस २०८१, २० : ५२
काठमाडौँ । चीनको सिजाङस्थित डिंग्री काउन्टीमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १ सय २६ पुगेको छ । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार भूकम्पका कारण कम्तीमा १ सय ८८ जना घाइते भएका छन् ।
मंगलबार स्थानीय समयअनुसार बिहान ९ बजे ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर तल रहेको थियो ।
भूकम्पले सगरमाथा नजिकै रहेको तिब्बतको निकै विकट क्षेत्रमा १ हजारभन्दा बढी घरमा क्षति पुगेको बताइएको छ । भूकम्प लगत्तै व्यापक रूपमा उद्धार कार्य जारी रहेको छ ।
तर, त्यहाँको तापक्रमले खोजी तथा उद्धार कार्यलाई थप चुनौतीपूर्ण बनाएको छ । सो क्षेत्रमा राति तापक्रम माइनस १६ डिग्री सेल्सियससम्म पुग्ने प्रक्षेपण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण