मुलपानी र गिरिजाप्रसाद क्रिकेट ग्राउण्डको स्रोत सुनिश्चितता गर्न निर्देशन
काठमाडौँ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मुलपानी क्रिकेट ग्राउण्ड, गिरिजाप्रसाद क्रिकेट ग्राउण्ड निर्माणको लागि स्रोत सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरू निर्माणको लागि श्रोत सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकमा समिति सभापति सोनाम गेल्जेन शेर्पाले वातावरणीय प्रभाव मूल्यांकन (इआईए) गर्ने काम छिटो टुङ्ग्याउन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिए। समितिले राष्ट्रिय गौरवका आयोजनाको लागि जनशक्ति व्यवस्थापन लगायत आवश्यक पूर्वतयारीका कार्यहरू सम्पन्न गरी आयोजनालाई समयमै सम्पन्न गर्ने गरी प्रभावकारी रूपले आयोजना कार्यान्वयन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।
समितिमा मंगलबार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, चुनौती र भावी कार्यायोजना सम्बन्धमा छलफल भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण