दुर्घटनामा ३ जनाको मृत्यु
काठमाडौं । सल्यान, बाँके र दाङमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । सल्यानको छत्रेश्वरी गाउँपालिका-१ मयनीस्थित सडकमा भालुमारेबाट मयनीतर्फ जाँदै गरेको लु.प्र.०२-००१ त ००१२ नम्बरको ट्याक्टर बुधबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ४९ वर्षीय क्षेत्र बहादुर खत्रीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका-१७ ढोडेगाउँस्थित सडकमा युपि ४० एएफ २०४४ नम्बरको मोटरसाइकल र ने.१ ह ३६८१ नम्बरको ई-रिक्सा एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक जानकी गाउँपालिका-३ बढैया बस्ने ५० वर्षीय निजमुद्दिन खानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी दाङको तुल्सीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित सडकमा बीरेन्द्र चोकबाट बसपार्कतर्फ जाँदै गरेको लु.प्र.०२-००१ ख ४४ नम्बरको बसको ठक्करबाट हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३६ वर्षीया महिलाको बुधबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीनै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दिपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण