दुई दलीय तानाशाही चाहिएको छैन, सङ्घर्षका लागि तयार छौँ : सीके राउत
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा सीके राउतले दुई दलीय तानाशाही नचाहिएको बताएका छन् । साथै उनले सरकारले निर्वाचन कानुन संशोधनका क्रममा सङ्घमा ५ र प्रदेशमा ३ प्रतिशत थ्रेसहोल्ड राख्न तयारी गरेको भन्दै त्यसलाई नेपाली जनताले नस्विकार्ने बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालमा लेख्दै राउतले भनेका छन्, ‘नेपाल जस्तो धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातीय विविधतापूर्ण देशमा सानोभन्दा सानो समूहको आवाजको पनि प्रतिनिधित्व सदनमा हुनुपर्दछ ताकी उनीहरूले कम्तीमा आफ्ना समस्या सदनमा राख्न पाउन् ।’
उनले कुनै ऐन–कानुन बन्दा आफूलाई प्रभावित कसरी गर्ने भन्ने कुरा सदनलाई बताउन सक्नुपर्ने पनि राउतको भनाइ छ ।
‘त्यस विपरीत ६–७ लाख गर्दै दसौँ लाख (३०–४० लाख) जनताको मतलाई ‘खारेज’ गर्ने र त्यसको हिस्सा ठुला पार्टीमा चोर बाटोले जोड्ने निर्वाचन थ्रेस होल्डको प्रावधान आम जनतालाई स्वीकार्य हुन सक्दैन’, राउतले यदि त्यसरी कानुन संशोधन गरे सङ्घर्ष गर्न तयार रहेको बताएका छन् । ‘हामी सङ्घर्षका लागि तयार छौँ । दुई दलीय तानाशाही नेपाललाई चाहिएको छैन’, राउतको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण