कोशी प्रदेश लगानी सम्मेलन सर्यो, आगामी वैशाख १८ र १९ गते हुने
विराटनगर । कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते गर्ने भनेको प्रदेशको लगानी सम्मेलन सरेको छ । बिहीबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले लगानी सम्मेलन अगामी वैशाख १८ र १९ गते गर्ने निर्णय गरेको हो ।
लगानी सम्मेलनको लागि पर्याप्त तयारी नभएको भन्दै यसअघि विपक्षी दल नेकपा माओवादी केन्द्रले आलोचना गर्दै आएको थियो । यस्तै लगानी सम्मेलन कहाँ र कसरी गर्ने भन्ने विषयमा निजी क्षेत्रका उद्योगी, व्यवसायीसँग पनि प्रदेश सरकारको विवाद भएको थियो । विवाद र पर्याप्त तयारी नभएको कारण लगानी सम्मेलन गरेको सरकारकै अधिकारीहरू बताउँछन् ।
यस्तै बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका अन्य सर्त सम्बन्धी ऐन २९७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश बिउ बिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ ।
यस्तै कोशी प्रदेश आमसञ्चार सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक भने कानुन न्याय तथा प्रदेश मामिला समितिमा छलफल गरी पेश गर्ने निर्णय भएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण