गाजामा भेटियो इजरायली बन्दी युसुफ ज्यादनाको शव
गाजा । हमासले बन्धक बनाएर लगेका एक इजरायलीको शव गाजामा फेला पारेको इजरायली सेनाले बताएको छ । अर्को व्यक्तिको समेत मृत्यु भएको हुन सक्ने प्रमाण फेला पारेको उनीहरूले बताएका छन् ।
मंगलबार दक्षिणी रफाह क्षेत्रमा रहेको एउटा सुरुङमा ५३ वर्षीय युसुफ ज्यादनाको शव फेला परेको थियो । युसुफका २२ वर्षका छोरा हमजाबारे पनि आफूले जानकारी प्राप्त गरेको र यसले चिन्ता बढाएको इजरायली सेनाले भनेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यो खबरप्रति दुःख व्यक्त गरेका छन् ।
७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमणको क्रममा युसुफ र उनको छोरालाई हमासका बन्दुकधारीहरूले बन्धक बनाएका थिए । हमजाका दुई भाइ बहिनी आइशा र बिलाललाई पनि किबुट्ज फार्मबाट उनीसँगै बन्धक बनाएर लगिएको थियो । नोभेम्बर २०२३ मा एक हप्ता लामो युद्धविरामको क्रममा हमासले १०५ बन्धकहरूलाई रिहा गरेको थियो । रिहा हुनेमा आइशा र बिलाल पनि थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण