विद्यालय तहमा स्वास्थ्य शिक्षालाई अनिवार्य विषय बनाइने

काठमाडौँ । विद्यालय तहमा ऐच्छिक विषयको रूपमा पठनपाठन हुँदै आएको स्वास्थ्य शिक्षालाई अनिवार्य विषय बनाइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यसका लागि गृहकार्य अगाडि बढाएका हुन् ।
विद्यालय तहमा स्वास्थ्य शिक्षालाई हाल ऐच्छिक विषयको रूपमा पढाई हुँदै आएको छ । अब स्वास्थ्य शिक्षालाई अनिवार्य गराउने गरी गृहकार्य अघि बढेको शिक्षामन्त्री विद्या भट्टराईले जानकारी दिइन् ।
बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री र शिक्षामन्त्रीबिच स्वास्थ्य शिक्षालाई अनिवार्य गराउने विषयमा छलफल भएको हो ।
‘अहिले विभिन्न खालका नयाँ नयाँ सङ्क्रामक रोगहरू आइरहेका छन् । प्रजनन स्वास्थ्यदेखि लिएर स्वास्थ्यका विषयमा समाज जसरी अघि बढिरहेको छ, पाठ्यक्रममा त्यसरी अघि बढेको देखिएन । त्यसलाई ऐच्छिक बनाएर हुँदैन । यसलाई अनिवार्य नै बनाउनुपर्छ भनेर शिक्षा मन्त्रालयले गृहकार्य अघि बढेको हो,’ शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री भट्टराईले भनिन् ।
यसका लागि शिक्षा र स्वास्थ्य मन्त्रालयको प्रतिनिधित्व रहने गरी कार्यदल बन्नेछ । एक महिने समय सीमा दिएर उक्त कार्यदलले कसरी अनिवार्य गराउन सकिन्छ भन्ने विषयमा दिएको सुझावका आधारमा अघि बढिने मन्त्री भट्टराईले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिल्ला प्रहरी परिसर काठमाडौँबाटै समातिए सांसद दिपक सिंह
-
कविता राई गाउँलेको कविता सङ्ग्रह ‘फाटकको घाम’ सार्वजनिक
-
चितवनमा टिप्पर दुर्घटना, घाइते चालककाे उद्धार
-
सार्वजनिक यातायात बचाउ आन्दोलनमा ट्रक व्यवसायी सहभागी हुने
-
गृह मन्त्रालयले गर्यो चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ६ सहसचिवको सरुवा
-
अपडेट : राजावादी प्रदर्शनमा सहभागी थप एक जना पक्राउ