गाँजा खेतीलाई वैध गर्नुपर्छ : मुख्यमन्त्री लामा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गाँजा खेतीलाई वैध गर्नुपर्ने माग गरेका छन् । सरकारले कानुन निर्माण गरेर गाँजा खेती गर्ने वातावरण तयार गर्नुपर्ने उनले बताएका हुन् ।
राक्सिराङ गाउँपालिकाको हिउँदे अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले वर्तमान सरकारलाई गल्ती गर्ने छुट नरहेको टिप्पणी गरे । मुख्यमन्त्री लामाले नागरिकको आवश्यकता अनुसारको विकास र गुणस्तरीय सेवा सहज रूपमा प्रदान गर्नु वर्तमान सरकारको दायित्व रहेको बताए ।
आन्तरिक समस्या र कानुनी अड्चन सुल्झाएर नागरिकको आवश्यकता अनुसारको विकासका काम गर्नुपर्ने उनको भनाई छ । सरकारले रणनीतिक आयोजनाहरू निर्माण गरेर काम गर्न जरुरी रहेको औँल्याए ।
‘विकट क्षेत्रका नागरिकलाई विकासमा जोड्ने गरि प्रदेश सरकारले योजना तयार गर्नेछ । सीमान्तकृत वर्गको नागरिकको जीवनस्तर सुधारका लागि सरकारले रणनीतिक योजना कार्यान्वयन गर्नेछ ।’ उनले भने, ‘चेपाङ समुदायको विकास र उत्थानका लागि संरक्षित क्षेत्र घोषणा गरि कार्यक्रम कार्यान्वयनको चरणमा सरकार रहेको छ । परम्परा र संस्कृति संरक्षणमा प्रदेशले काम गर्ने गरी अघि बढेको छ ।’
आर्थिक उपार्जनमा नागरिकलाई जोड्न विशेष पकेट क्षेत्र मार्फत काम गर्नुपर्ने मुख्यमन्त्री लामाले बताए । योजनासँग नागरिकको भोट साट्ने काम बन्द गर्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले निर्वाचन पछि राजनीतिक विचारभन्दा माथि रहेर काम गर्नुपर्ने बताए । उनले स्थानीय तहले नाकाबन्दी लगाउँदा जनताका विषयमा जनप्रतिनिधिसँग जोडिन सक्ने अवस्था नरहेको आरोप लगाए । उनले स्थानीय तहका प्रमुख/उपप्रमुखले संघ तथा प्रदेश सांसदसँग समन्वय गरेर अघि बढ्नु पर्ने बताए ।
स्थानीय तहका प्रमुख/उपप्रमुखले नै सांसदहरूसँग विकास माग्ने गरेको गुनासो गरे । सांसदहरूसँग नीति, नियम तथा कानुनका विषयमा प्रश्न गर्नुपर्ने उनको भनाई छ । सांसदहरूसँग विकासका आयोजना आम नागरिकले माग्नुपर्ने उनले बताए ।
अघिल्लो सरकारले बनाएको बजेटमा काम गर्दा केही असहजता भएको उनले बताए । नागरिकहरूमा सहज सेवा प्रदान गर्ने गरी सरकारले काम गरिरहेको उनले बताए । विकट राक्सिराङ, कैलाश गाउँपालिकाको विकासका लागि सडक पूर्वाधारलाई स्तरीय बनाउन जरुरी रहेको बताए । उनले सो क्षेत्रको विकासका लागि त्रिभुवन राजपथ र महेन्द्र राजमार्ग जोड्ने गरि सडक पूर्वाधार निर्माण गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीडीसीले ६ महिनासम्म किसानलाई दूधको पैसा दिएन : सांसद सापकोटा
-
धनगढीमा पञ्चकन्या ग्रुपको ‘पञ्चकन्या बाथवेयर’को शुभारम्भ
-
‘भारत–पाकिस्तान युद्धमा गोरखा सेना पहिलो चरणमा प्रयोग नगर्ने वातावरण निर्माण गरियोस्’
-
सांसद गिरीद्वारा एनआरएन नागरिकता कार्यान्वयन गर्न माग
-
करणको दोस्ताना–२ बाट निकालिए कार्तिक
-
जगदुल्लाह हाइड्रोपावर ठेक्काबारे छानबिन गर्नुपर्छ : माओवादी