कर्मचारीको प्रमोशन छिटो हुने व्यवस्था गरौँ : कोइराला
काठमाडौँ । एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले संघीय निजामती विधेयकमा छलफल गर्दा प्रदेश र स्थानीय तहका कर्मचारी खुसी नभएको बताएका छन् । शुक्रबार राज्यव्यवस्था समिति बैठकमा निजामति विधेयकबारे बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘संघीय निजामती विधेयकमा छलफल गर्दा प्रदेश र स्थानीय तहका कर्मचारी खुसी छैनन् । कानुनले विभेद गर्नुहुन्न ।’ उनले कर्मचारीहरुको सरुवा व्यवस्थित गर्न समेत सझुाव दिए । कोइरालाले ५ वर्ष एउटै पदमा काम गर्नेलाई १ र १० वर्ष काम गरेकालाई २ तहले वृद्धि गर्न समेत प्रस्ताव राखे । उनले उमेरहद ६० बनाउन सुझाव दिँदै त्यसमा विभेद गर्न नहुने बताए । कोयरालाले भने, ‘कर्मचारी सेवामा प्रवेश महिलाका लागि ४० र पुरुष ३५ वर्ष ठिक छ ।’
उनले प्रमोशन खोज्ने भएकोले कर्मचारीको प्रमोशन छिटो हुने व्यवस्था गर्न समेत आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण