‘महिन्द्रा उत्सव, छड्के सलाम’, योजनाको विजेता घोषणा
काठमाडौँ । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको आधिकारिक वितरक, अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडले ‘महिन्द्रा उत्सव: महिन्द्राको छड्के सलाम, जित्नुहोस् लाखौँको इनाम’ योजनाको विजेता घोषणा गरेको छ ।
बिहीबार राजाधानीमा आयोजित एक समारोहसहित विजेता घोषणा गरिएको हो । महिन्द्राले गत असोजमा विश्वकर्मा पूजा, दशैं, तिहार र छठ पूजालाई लक्षित गरि ‘महिन्द्र उत्सव २०२४’ अभियान विशेष योजना ल्याएको थियो । यो योजना चाडपर्व अवधिभर असोज १ गतेदेखि पुष १६ (तदनुसार १७ सेप्टेम्बर देखि ३१ डिसेम्बर, २०२४) गतेसम्म लागू गरिएको थियो ।
जसअनुसार महिन्द्रा ट्र्याक्टर खरिद गर्ने ग्राहकहरूले स्क्र्याच कार्डका अलावा बम्पर इनामअन्तर्गत घोषणामा १ लाख, २ लाख, र ४ लाख नगद जित्ने थप तीन मौकाहरू पाउने व्यवस्था रहेको थियो । उक्त योजनाअनुरुप नै विजेता घोषणा कार्यक्रममार्फत बम्पर पुरस्कारका ३ जना भाग्यशाली विजेताहरू ‘लक्की ड्र’ कार्यक्रममार्फत छनौट गरी घोषणा गरिएको हो ।
कार्यक्रममा एपिएफका खेलाडीहरूको विशेष आतिथ्य रहेको थियो । एपिएफका खेलाडीहरू: ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल, कराँते खेलाडी महमद सेखु आलम, भलिबल खेलाडी निरुता ठगुन्ना, सुटिङ खेलाडी तथा ओलम्पियन सुस्मिता नेपाल, र एपिएफका एथ्लेटिक्स खेलाडी गोपिचन्द्र पार्कीको उपस्थिति रहेको थियो । गोपिचन्द्र पार्कीले रू. १ लाखको, सुस्मिता नेपालले रू. २ लाख, र महमद सेखु आलमले रू. ४ लाखको विजेता गोला प्रथाद्वारा छानेका हुन् ।
‘लक्की ड्र’मार्फत छानिएका विजेताहरू भण्डारा, चितवनबाट डोल बहादुर श्रेष्ठले रू. १ लाख, चापकोट, स्याङ्जाबाट इश्वर मल्लले रू. २ लाख, र चौरजहारी नगरपालिका, रुकुमबाट डिपिडिएस निर्माण सेवाले रू. ४ लाखको बम्पर इनाम जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण