सहकारी ठगी प्रकरण
सुप्रिम बचतको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो, रवि सहितलाई प्रतिवादी कायम गर्नुपर्ने राय
शुक्रबार, २६ पुस २०८१, १४ : ५९
काठमाडौं । प्रहरीले सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान पुरा गरेर प्रतिवेदन बुझाएको छ । सुप्रिम बचत तथा ऋण सहकारीको अनुसन्धान पुरा गरेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले रातोपाटीलाई बताए । उनले भने, ‘अनुसन्धान प्रतिवेदन बुझाएका छौं ।’
प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी समेतलाई प्रतिवादी बनाउन राय दिएको छ । सुप्रिमको रकम अपचलन गरेको आरोपमा रवि लामिछाने र छविलाल जोशीसँग बयान लिएको थियो । अनुसन्धानमा संलग्न
एकजना अधिकृतका अनुसार दिपक लामा, अनन्तबहादुर राई, श्रीबल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल,भगवती बम्जन,विज्ञान राई,सुरक्षा अधिकारी,नरेश केसी र शिवबहादुर गुरुङ समेतलाई प्रतिवादी बनाउन प्रहरीले राय दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण