सहकारी ठगी प्रकरण
सुप्रिम बचतको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो, रवि सहितलाई प्रतिवादी कायम गर्नुपर्ने राय
शुक्रबार, २६ पुस २०८१, १४ : ५९
काठमाडौं । प्रहरीले सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान पुरा गरेर प्रतिवेदन बुझाएको छ । सुप्रिम बचत तथा ऋण सहकारीको अनुसन्धान पुरा गरेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले रातोपाटीलाई बताए । उनले भने, ‘अनुसन्धान प्रतिवेदन बुझाएका छौं ।’
प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी समेतलाई प्रतिवादी बनाउन राय दिएको छ । सुप्रिमको रकम अपचलन गरेको आरोपमा रवि लामिछाने र छविलाल जोशीसँग बयान लिएको थियो । अनुसन्धानमा संलग्न
एकजना अधिकृतका अनुसार दिपक लामा, अनन्तबहादुर राई, श्रीबल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल,भगवती बम्जन,विज्ञान राई,सुरक्षा अधिकारी,नरेश केसी र शिवबहादुर गुरुङ समेतलाई प्रतिवादी बनाउन प्रहरीले राय दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी विभाग उद्घाटन
-
प्रधानमन्त्रीद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन
-
प्रधानमन्त्री ओली पोखरामा
-
संखुवासभाको बाह्रविसे बजारमा आगलागी, ५ वटा घर जलेर नष्ट
-
अध्यादेशमार्फत बजेट निर्माण प्रक्रिया संशोधन, नयाँ क्यालेन्डर लागू
-
मुआब्जा नै नदिई रेल विभागले टेन्डर गरेपछि स्थानीयको विरोध