ऐतिहासिक निशान पदमार्गमा पदयात्रा
मङ्गलबारे । यहाँको निशान पदमार्गमा यही पुस २४ गतेदेखि सुरु भएको पदयात्रा सम्पन्न भएको छ । मेची बजारदेखि सुरु भएको तीन दिने निशान पदमार्गको पदयात्रा आज एक कार्यक्रमबीच समापन गरिएको हो ।
नेपाली सेनाको रणशार्दुल गण, सूर्योदय नगरपालिका, इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकाको संयुक्त आयोजनामा गरिएको पदयात्रा आज माइबेनी हुँदै इलामको माइस्थान आइपुगेको थियो । पदयात्रामा सहभागीहरुलाई विभिन्न झाँकीसहित इलाम नगरका ८ र ७ वडावासीले स्वागत गरेका थिए । सो अवसरमा पदमार्ग पहिचान र प्रचारमा योगदान पुरयाएका विभिन्न क्षेत्रका प्रतिनिधिहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
निशान पदमार्गको लम्बाई हाल नेपाल भारतको सीमा छब्बिसेदेखि इलाम सदरमुकामको माइस्थानसम्म ४१ दशमलव एक किलोमिटर रहेको छ । यो मार्ग मेचीबजार हुँदै फिक्कल, रम्फोक, करफोक, हात्तिटार, माइबेनी हुँदै इलाम बजारको माइस्थानसम्म पुग्छ ।
सुगौली सन्धि पश्चात मेची खोलामा नेपाल भारतको सिमाना कायम भएपछि हाल भारतको नागरीबाट नेपाली सेनाको श्रीनाथ पल्टनले प्रशासनिक केन्द्रसहित निशान ल्याएर माइस्थानमा स्थापना गरेको थियो । उक्त निशान राखिएको स्थानलाई निशान घर र खलङ्गा भन्ने गरिन्छ ।
सोही समयमा नेपाली सेनाले निशान ल्याएर फर्किएको पदमार्गलाई ऐतिहासिक पदमार्गको रुपमा विकास गर्न पदयात्रा गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढ्यो, चाँदी ५५ रुपैयाँ घट्यो
-
रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमाको प्रतिस्पर्धा
-
रास्वपाको सहमहामन्त्री खुलातर्फ ११ जनाको उम्मेदवारी
-
पोखरा महानगरबाट किन छुट्टिन चाहन्छ लेखनाथ ?
-
रास्वपाको महामन्त्रीमा ८ जनाको उम्मेदवारी
-
यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण