रास्वपाको उपसभापति दौडबाट समीक्षा बाँस्कोटा पछि हटिन्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ समीक्षा बाँस्कोटाले उपसभापति पदको उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीलाई अझ एकताबद्ध बनाउने र सही लयमा अघि बढाउने उद्देश्यले आफूले उपसभापति पदको उम्मेदवारी फिर्ता लिएको बताएकी हुन्।
उनले कहिलेकाहीँ संस्थालाई बलियो बनाउन केवल दाबी गर्नु मात्र नभई आवश्यक पर्दा एक कदम पछाडि हट्न सक्नु पनि परिपक्व र बुद्धिमानीपूर्ण राजनीतिक निर्णय हुने उल्लेख गरेकी छन्।
बाँस्कोटाले रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशनमा आफूलाई केन्द्रीय सदस्यमा निर्वाचित गराउने सम्पूर्ण महाधिवेशन प्रतिनिधिप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेकी छन्।
उनले प्रतिनिधिहरूले आफूलाई गरेको विश्वासलाई पार्टी, देश र जनताको हितमा इमानदारीपूर्वक निभाउने प्रतिबद्धता समेत जनाएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण इजाजतपत्र अब अनलाइनबाटै नवीकरण हुनेः साउन १ देखि नयाँ व्यवस्था लागू
-
‘हन्टर’ असोज ९ गतेदेखि प्रदर्शन हुने
-
ललितपुर महानगरपालिकाद्वारा एक दिने सीप तथा रोजगार मेला आयोजना
-
मधेसको जनादेश र रास्वपाको दस्तावेज मेल खाएन : सुदन किराती
-
दर्ता नभएका क्रसर बन्द गर्न निर्देशन
-
रञ्जु दर्शनाले पनि गरिन् विपिनलाई समर्थन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण