सवारी दुर्घटनामा चार जनाको मृत्यु
शनिबार, २७ पुस २०८१, १६ : ४८
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- बाजुरा, बुढीनन्दा नगरपालिका-९ अंगाउपानीस्थित सडकमा मार्तडीबाट कोल्टीतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ च ४४३० नम्बरको जिपको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीया रूपशिला धामीको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको पाण्डुसैन स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- रोल्पा, त्रिवेणी गाउँपालिका-४ सिमपानीस्थित सडकमा लु.१ च ८६८७ नम्बर पिकअप जिप शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक माडी गाउँपालिका-१ भित्ताबाङ बस्ने २० वर्षीय हुकुम घर्तीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिमपानी बुढागाउँ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार ३ जना मध्ये २ जनाको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुर दाङमा र १ जनाको नर्सिङ होम नेपालगंज बाँकेमा उपचार भइरहेको छ ।
- झापा, मेचिनगर नगरपालिका-१५ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री भारत कुच बिहार पश्चिम बगाल बस्ने २५ वर्षीय अप्पु रायको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त सवारी साधनको ठक्करबाट घाइते भएका अन्य १ जना पैदलयात्रीलाई थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
- मकवानपुर, मनहरी गाउँपालिका-६ डिपार्टस्थित सडकमा बागमती प्रदेश ०१-०२६ च ५२५० नम्बरको स्कारपियो र बा.१६ च ८३२४ नम्बरको कार एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा कार चालक हेटौंडा उपमहानगरपालिका-४ बस्ने ६० वर्षीय सुरेन्द्र लाल श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एलाईभ अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण