आज एकैदिन २१ कम्पनीको साधारणसभा, कसका के छन् एजेन्डा ?
काठमाडौं । दोस्रो बजारमा सूचीकृत २१ कम्पनीको साधारणसभा आज हुँदैछ । नेपाल स्टक एक्सचेञ्जमा आवद्ध भइ कारोबार हुँदै आएका विभिन्न क्षेत्रका कम्पनीको साधारणसभा आज हुन लागेको हो ।
पुस मसान्त नजिकिँदै गर्दा नियामकीय प्रावधान पुर्याउनुपर्ने भएकोले साधारणसभा गर्ने कम्पनीको संख्या बढेको हो ।
यसरी साधारणसभा बोलाउने कम्पनीहरुमा नेपाल दूरसञ्चार प्राधिकरण, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, मञ्जुश्री फाइनान्स, गुह्वेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, मल्टिप्रोपोज फाइनान्स, हिमालयन डिस्टिलरी छन् ।
त्यस्तै, जीवन विकास लघुवित्त, सूर्योदय ओमी लघुवित्त, मिथिला लघुवित्त, वुटवल पावर कम्पनी, माउन्टेन इनर्जी नेपाल, चिलिमे हाइड्रोपावर, राधी जलविद्युत्, मैलुङ खोला जलविद्युत्, सानिमा माई हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, बलेफी हाइड्रोपावर, राप्ती हाइड्रो कन्स्ट्रक्सन र मोदी इनर्जीको पनि आजै साधारणसभा हुँदैछ । उल्लेखित सबै कम्पनीले विभिन्न मितिमा बुक क्लोज समेत गरिसकेका छन् ।
साधारणसभा हुँदै गरेकामध्ये १२ वटा कम्पनीको लाभांश घोषणा भएको छ । यसमध्ये दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को ३० प्रतिशत नगद लाभांश रहेको छ । सात कम्पनीको सञ्चालक समिति निर्वाचन हुँदैछ । ३ कम्पनीको हकप्रद शेयर निष्कासनका लागि प्रस्ताव गरिएको छ । एउटा कम्पनीले एफपीओ प्रस्ताव समेत गर्दैछ भने एउटा कम्पनीले परिपक्व नहुने अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव गर्दैछ । वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने लगायत सामान्य प्रस्ताव भने सबै कम्पनीहरुको रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण