विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
काठमाडौँ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । पर्सा, चितवन र पाल्पामा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको हो ।
पर्साको वीरगन्ज महानगरपालिका‘१७ अलौगाँउस्थित सडकमा ना.६ त ३३४ नम्बरको ट्याक्टरबाट लडेर जगरनाथपुर गाउँपालिका भिखमपुर पिपरा बस्ने ४५ वर्षीय शिवकुमार कुर्मीको शनिवार दिउँसो मृत्यु भएको छ । ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको
नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै चितवनको रत्ननगर नगरपालिका–१० स्थित सडकमा बाप्र ०६–००२ प ४८६७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ९० वर्षीय वैकुण्ठनाथ लम्सालको शनिवार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ
मेडिकल कलेज भरतपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता पाल्पाको तानसेन नगरपालिका–११ सामाकोटस्थित सडकमा लु.२ ख ५६१८ नम्बरको फोर्स गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४६ वर्षीया सीता गहतराजको शनिवार
बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा
लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
-
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण