जनमत पार्टीका केन्द्रीय सदस्यसहित युवा नेता जसपा नेपालमा प्रवेश
जनकपुरधाम । जनमत पार्टीका केन्द्रीय सदस्य एवं महोत्तरी क्षेत्र न ३ (ख) का प्रदेश सभा प्रत्याशी दीपेन्द्र मधेसीसहित जनमत पार्टीका दर्जनौँ युवा नेता कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका छन्।
आइतबार जनकपुरस्थित जसपा नेपालको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको विशेष उपस्थितिमा जनमत पार्टी पार्टीका नेताहरू प्रवेश गरेको यादवको सचिवालयले जनाकारी दिएको हो ।
जनमत पार्टीका युवा नेताहरू सुभाष मिश्रा, लव ठाकुर, बैद प्रकाश यादव, नवीन यादव, गोपाल यादव, राम अनेक यादव, अनिल यादव, राम जनय यादव, प्रशान्त यादव, नरेश यादव लगायत जनमतका नेताहरू जसपा नेपालमा प्रवेश गरी पार्टी सदस्यता लिएका छन् । जसपा नेपालका राष्ट्रिय अध्यक्ष यादवले नवप्रवेशीहरुलाई माला, अबिर, गम्छा लगाएर पार्टीमा स्वागत गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण