चोरीको मोटरसाइकलसहित एक जना पक्राउ
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका ४ जग्डोलबाट आइतबार मोटरसाइकल चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ घर भई काठमाडौँको बौद्ध नयाँ बस्ती बस्दै आएका २६ वर्षीय समीर तामाङ रहेका छन् ।
वास्तविक नम्बर बागमती प्रदेश ०२-०२५ प ३१ २९ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०२८ प १९ ७१ राखी समीरले चलाइरहेको अवस्था फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त मोटरसाइकल भक्तपुर घर भएका पूर्ण बहादुर शाहीले यही पुस २२ गते भक्तपुरकै च्यामासिंहबाट हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।
तामाङलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त जगाती भक्तपुर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड बजेट खर्च हुन सकेन, असारमै २७ प्रतिशत खर्च
-
इन्फा अवार्ड २०२६ : मदनकृष्णलाई लाइफ टाइम अवार्ड, उत्कृष्ट ५ मा को–को परे ?
-
संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाद्वारा सरकारविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
स्ट्रेट अफ होर्मुज नजिक आगलागी भएको कन्टेनर जहाजका चालकदलको उद्धार
-
खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि इरानले गर्यो आक्रमण
-
बालेन सरकारविरुद्ध माइतीघरमा प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण