बालुवाटारमा प्रधानमन्त्रीको गुनासो : स्विस बैंकमा पैसा छ भन्ने हल्ला चलाइयो, छानबिन गर्न तयार छु
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि ल्याएको अध्यादेश कुनै दल फुटाउन नल्याइएको बताएका छन् । सोमबार नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
उनले भने, ‘मैले दल फुटाउन अध्यादेश ल्याएको होइन । त्यो अध्यादेश मध्यरातमा जारी गरियो भनेर पनि हल्ला गरियो । त्यो अध्यादेश त हामीले दिउँसै तयार गरेको हौँ ।’
प्रधानमन्त्री ओलीले आफूले जीवनभर स्वयंसेवीको रूपमा काम गर्दै आएको बताउँदै काम गर्दै जाँदा कतिपय कामको सेड्युल राति पुग्ने गरेको र त्यसलाई अनर्थ लगाउँदै भ्रम छर्ने काम भएको समेत बताए । उनले यसमा पत्रकारहरू पनि सचेत हुनुपर्ने बताए । ओलीले आफू भ्रष्टाचार नगर्ने र भ्रष्टाचार विरोधी अभियानमा रहेको समेत बताए ।
उनले पछिल्लो समय सामाजिक सञ्जालबाट अराजकता फैलिने काम भएको बताउँदै त्यस्तो कार्य रोकिनुपर्नेमा जोड दिए । आफूविरुद्ध स्विस बैंकमा पैसा राखेको भन्ने गलत प्रचार भएको बताउँदै उनले त्यसको पुष्टि गर्न समेत चुनौती दिए ।
प्रधानमन्त्री ओलीले भने– ‘पछिल्लो समय सामाजिक सञ्जालमा अराजकता बढेको छ । स्विस बैंकमा मेरो पैसा छ भन्ने गलत हल्ला चलाइयो । त्यो छानबिन गर्ने हो भने सरकारी स्तरबाटै पनि छानबिन गर्न तयार छु । त्यसका लागि समिति नै बनाउन तयार छु । त्यसरी हल्ला फैलाउने काम गर्नु गलत हो । यस्ता विषयमा पत्रकारहरू पनि सचेत हुनुपर्छ ।’
महासङ्घ नेतृत्वले प्रधानमन्त्री ओलीलाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले त्यसलाई कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण