काठमाडौँ । मगर समुदायले मंगलबार माघे सङ्क्रान्ति पर्व मनाएका छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।
_RZTtzh0uO6.jpg)
यस अवसरमा काठमाडौँमा झाँकीसहितको र्यालीको आयोजना गरिएको छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लाग्दछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ ।
_HBMOdaRr9P.jpg)
धर्मसिन्धुमा माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।
_efdy1kte2S.jpg)
उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ ।
_vDKO360vhM.jpg)
यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ । तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा प्रयोग गरिन्छ ।
_YuD5y60fh1.jpg)
_f2zfUENdDX.jpg)
_Wkw79cQOf5.jpg)
_jSPaIetANT.jpg)
_VcAr7Xa7k0.jpg)
_ggVCEomhHH.jpg)
_HRGM1qEXj3.jpg)
_tnLMKItfrk.jpg)
_bhelnFYUmH.jpg)
_JstKLWBdCX.jpg)
_1xELnFlaaw.jpg)
_Bk2p7hUBWt.jpg)
_isDTaZFWxX.jpg)
_qW3NBP7HaX.jpg)
_1WVu2dILpZ.jpg)
_pn6ZyzFxLe.jpg)
_pBE3hhVTkr.jpg)
_fWVzJcqzzH.jpg)
प्रतिक्रिया