दुर्घटनामा परेर उच्च अदालत पाटनका न्यायाधीश रेग्मी घाइते
मङ्गलबार, ०१ माघ २०८१, २१ : ०६
काठमाडौँ । सवारी दुर्घटनामा परेर उच्च अदालत पाटनका न्यायाधीश नारायण प्रसाद रेग्मी घाइते भएका छन् । उनी सवार बिएबी ७४४६ नम्बरको कार सुनसरीको बराहक्षेत्र–३ मा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मदन भण्डारी लोकमार्ग स्थित भित्री पक्की सडकमा दुर्घटना हुँदा रेग्मीको कान, हात र खुट्टामा चोट लागेको छ । तीव्र गतिको कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको सो कारमा सवार ६५ वर्षीय कृष्ण खनाल पनि घाइते भएका छन् । दुवैजनालाई उपचारको लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको छ ।
कार चालक भक्तपुर घर भएका ५४ वर्षीय कृष्णमान खोटेजालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण