बेंगलुरुमा नेपाली बालिकाको यौन दुर्व्यवहारपछि हत्या
बेंगलुरु । भारतको बेंगलुरुस्थित होयसाला नगरमा एक छ वर्षीया नेपाली बालिकालाई निर्माणाधीन भवन भित्र यौन दुर्व्यवहार र हत्या गरिएको समाचार छ । इन्डिया टुडेमा प्रकाशित समाचार अनुसार बेंगलुरु प्रहरीले उक्त अपराधमा बिहारका एक जनालाई पक्राउ गरेको हो ।
बाबुआमा नेपाली मूलको भएको र घटनास्थलमा सुरक्षा कर्मचारीको रूपमा काम गर्ने गरेको समाचारमा उल्लेख छ । सोमबार साँझ ७ः३० बजे बालिकाका अभिभावक काममा गएका बेला उक्त घटना भएको बताइएको छ ।
अभिषेक कुमार भनेर चिनिने अभियुक्त बिहारबाट आएका मजदुर थिए । बालिकालाई सुनसान क्षेत्रमा लगेर बलात्कार गरेपछि उनले हत्या गरेका थिए ।
स्थानीयले बालिकालाई फेला पारेर आरोपीलाई पक्राउ गरेपछि घटनाको खुलासा भएको हो । प्रहरीलाई जिम्मा दिनुअघि उनीहरुले अभियुक्तलाई कुटपिट समेत गरेका थिए ।
प्रहरीका डीसीपी डी देवराजले अभियुक्त पक्राउ परेको पुष्टि गरेका छन् । राममूर्ति नगर प्रहरीले यौन अपराधबाट बालबालिकाको संरक्षण (पोक्सो) ऐन र भारतीय न्याय संहिता (बीएनएस) को सम्बन्धित धाराहरू अन्तर्गत मुद्दा दर्ता गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल अरनिको यातायात सेवा प्रा.ली.समक्ष ८ बुँदे माग प्रस्तुत
-
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत पुराना कर्मचारीको सम्पत्ति छानबिन हुने
-
आगामी मौद्रिक नीतिमा राष्ट्र बैंकले लिनुपर्ने ७ एजेन्डा
-
सुदूरपश्चिमका ओलम्पियन खेलाडीहरू नगदसहित सम्मानित
-
कर्णालीमा असारे विकास : २१ दिनमा ३ अर्ब २० करोड बढी खर्च
-
ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको प्रशंसा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण