एनएफपीजेको झण्डा ओढाएर वाइल्डलाइफ फोटोग्राफर शेर्पालाई अन्तिम श्रद्धाञ्जली
काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल)ले आजीवन सदस्य तथा वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पालाई अन्तिम श्रद्धाञ्जली दिएको छ। दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीरमा एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तसहित संस्थाका पदाधिकारी, सदस्यहरूले एनएफपीजेको झण्डा ओढाएर सम्मानसहित अन्तिम बिदाइ गरेका हुन्।
शेर्पाको आज बुधबार काठमाडौँको टेकु दोभानमा शेर्पा संस्कार अनुसार अन्त्येष्टि गरिएको हो। उनको आइतबार राति उपचारको क्रममा काठमाडौँको टोखास्थित ग्रान्डी अस्पतालमा ६४ वर्षको उमेरमा निधन भएको थियो ।
शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफीसम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उम्मेदवारी फिर्ता र समर्थनप्रति गणेश कार्कीको असन्तुष्टि- ‘यसले सभापतिको भनाइलाई नै खिल्ली उडायो’
-
अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध छ : रुबियो
-
निर्माण इजाजतपत्र अब अनलाइनबाटै नवीकरण हुनेः साउन १ देखि नयाँ व्यवस्था लागू
-
‘हन्टर’ असोज ९ गतेदेखि प्रदर्शन हुने
-
ललितपुर महानगरपालिकाद्वारा एक दिने सीप तथा रोजगार मेला आयोजना
-
मधेसको जनादेश र रास्वपाको दस्तावेज मेल खाएन : सुदन किराती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण