कांग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान निर्देशकमा पोखरेल नियुक्त
बुधबार, ०२ माघ २०८१, १५ : ४८
काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान निर्देशक (नीति तर्फ) मा तनहुँका डा. जगदीशचन्द्र पोखरेल नियुक्त भएका छन् ।
प्रतिष्ठान प्रमुख समेत रहेका उपसभापति पूर्णबहादुर खड्काले पोखरेललाई आज निर्देशकमा नियुक्त गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशक (नीति तर्फ) को पदमा तनहुँका डा. जगदीशचन्द्र पोखरेललाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (घ) बमोजिम नियुक्त गर्नु भएको छ‚’ पौडेलद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण