जाजरकोट भूकम्पको क्षतिको विस्तृत आङ्कलन माघभित्र गरिसक्ने गृहमन्त्री लेखकको प्रतिबद्धता
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले जाजरकोट भूकम्पले गरेको हानी नोक्सानीको विस्तृत विवरण आङ्कलन (डीडीए) माघ महिनाभित्र गरिसक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौँको कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
गृहमन्त्री लेखकले २०७९ सालको डोटी भूकम्पका साथै जाजरकोट र बझाङ भूकम्पबाट भएको भौतिक क्षतिको पुनर्निर्माणको लागि सरकार योजनाबद्ध तयारीमा जुटेको बताए । उनले भूकम्पबाट प्रभावित नागरिकका लागि अस्थायी आवास बनाउन ५० हजार सहयोग गर्ने निर्णय भइसकेको बताए । उनले भूकम्प प्रभावित नागरिकका लागि अस्थायी आवास निर्माणसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट पारित भई कार्यान्वयनमा गइसकेको उल्लेख गरे ।
गृहमन्त्री लेखकले भूकम्प र मनसुनजन्य विपद्बाट क्षति भएका निजी निवासहरूको पुनर्निर्माण, बलिया संरचना र सुदृढ पूर्वतयारीको महत्वबारे देशव्यापी बहस गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘यस वर्षको मनसुनबाट क्षति भएका निजी निवासहरूको पुनर्निर्माण गर्नेक्रममा हामीले बलिया संरचना र सुदृढ पूर्वतयारीको महत्वबारे देशव्यापी बहस गर्नुपरेको छ । २०७२ सालको भूकम्पमा देशले व्यापक मात्रामा क्षति भोग्नुपर्यो । उक्त भूकम्पबाट देशले व्योहर्नुपरेको अधिकांश क्षतिग्रस्त सार्वजनिक संरचना तथा सम्पदाहरूको पुनर्निर्माण सम्पन्न भइसकेको छ ।’
गृहमन्त्री लेखकले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक संरचना तथा सम्पदाहरूको पुनर्निर्माणको काम सम्पन्न भइसकेको दाबी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण