पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनर्निर्माण हुन बाँकी

ललितपुर । विसं २०७२ को भूकम्पले क्षति पुर्याएको विश्व सम्पदा सूचीमा रहेको ललितपुरको पाटन दरबार क्षेत्रका २४ ऐतिहासिक सम्पदा मध्ये २२ सम्पदाको पुनर्निर्माण भइसकेको छ भने दुई संरचना पुनर्निर्माण हुन बाँकी छ । उक्त सम्पदा पुनर्निर्माण प्रक्रिया अघि बढेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।
राणाकालीन अदालत भवन र ऐतिहासिक नरसिंह मन्दिर पुनर्निर्माण भइरहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख मन्जु थापाले जानकारी दिइन् ।
उनले भनिन्, “भारत सरकारको सहयोगमा पुनर्निर्माण हुन लागेको अदालत भवनको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ । ऐतिहासिक नरसिंह मन्दिरको पनि ललितपुर महानगरपालिकाको सहयोगमा पुनर्निर्माण अघि बढेको छ ।”
करिब चार सय वर्ष पुरानो नरसिंह मन्दिरमा एक सय ५३ थरिका इँटा प्रयोग गरिएकाले हाल इँटा तयारी भएको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । उनका अनुसार उक्त मन्दिरको पुनर्निर्माण आगामी आठ महिनाभित्र सम्पन्न हुनेछ ।
भूकम्पले क्षति पुर्याएका केही संरचना पुनर्निर्माण भई उद्घाटन भइसकेका छन् । कम क्षति पुगेका सम्पदाहरूको सामान्य मर्मत गरिएको पाटन दरबार संग्रहालयका प्रमुख सुरेशमान लाखेले बताए । उनका अनुसार पाटनदरबारको सबैभन्दा ठुलो मन्दिरको रूपमा चिनिने देगुतलेजु मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ ।
विसं १९९० को भूकम्पले भत्काएको भाइदेव मन्दिर संरक्षणको काम अघि बढेको भएपनि आर्थिक अभावका कारण पुनर्निर्माण सम्पन्न हुनसकेको छैन । विभिन्न दाताहरूको सहयोगबाट पुनर्निर्माण सुरु भएको उक्त मन्दिरको काम हाल स्थगित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांस्कृतिक पर्वले समाजको एकतालाई थप बलियो बनाउने विश्वास
-
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
-
सुदीप न्यौपानेको परिवारलाई भेट्न पुगे भारतीय राजदूत
-
बुद्ध दर्शनको सान्दर्भिक पक्षहरूलाई आजको परिवर्तन र रूपान्तरणको काममा लगाउनुपर्छ : खनाल
-
तेस्रो एभरेस्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता सम्पन्न, पलेसाको पनि सहभागिता
-
निःशुल्क आँखा परीक्षण गराउन पाउँदा वृद्धवृद्धा खुसी