पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनर्निर्माण हुन बाँकी
ललितपुर । विसं २०७२ को भूकम्पले क्षति पुर्याएको विश्व सम्पदा सूचीमा रहेको ललितपुरको पाटन दरबार क्षेत्रका २४ ऐतिहासिक सम्पदा मध्ये २२ सम्पदाको पुनर्निर्माण भइसकेको छ भने दुई संरचना पुनर्निर्माण हुन बाँकी छ । उक्त सम्पदा पुनर्निर्माण प्रक्रिया अघि बढेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।
राणाकालीन अदालत भवन र ऐतिहासिक नरसिंह मन्दिर पुनर्निर्माण भइरहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख मन्जु थापाले जानकारी दिइन् ।
उनले भनिन्, “भारत सरकारको सहयोगमा पुनर्निर्माण हुन लागेको अदालत भवनको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ । ऐतिहासिक नरसिंह मन्दिरको पनि ललितपुर महानगरपालिकाको सहयोगमा पुनर्निर्माण अघि बढेको छ ।”
करिब चार सय वर्ष पुरानो नरसिंह मन्दिरमा एक सय ५३ थरिका इँटा प्रयोग गरिएकाले हाल इँटा तयारी भएको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । उनका अनुसार उक्त मन्दिरको पुनर्निर्माण आगामी आठ महिनाभित्र सम्पन्न हुनेछ ।
भूकम्पले क्षति पुर्याएका केही संरचना पुनर्निर्माण भई उद्घाटन भइसकेका छन् । कम क्षति पुगेका सम्पदाहरूको सामान्य मर्मत गरिएको पाटन दरबार संग्रहालयका प्रमुख सुरेशमान लाखेले बताए । उनका अनुसार पाटनदरबारको सबैभन्दा ठुलो मन्दिरको रूपमा चिनिने देगुतलेजु मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ ।
विसं १९९० को भूकम्पले भत्काएको भाइदेव मन्दिर संरक्षणको काम अघि बढेको भएपनि आर्थिक अभावका कारण पुनर्निर्माण सम्पन्न हुनसकेको छैन । विभिन्न दाताहरूको सहयोगबाट पुनर्निर्माण सुरु भएको उक्त मन्दिरको काम हाल स्थगित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण