विपक्षी दलको संयुक्त पत्रकार सम्मेलन सर्यो
बिहीबार, ०३ माघ २०८१, ०८ : ४७
काठमाडौँ । सङ्घीय सांसदका विपक्षी दलहरूले आज गर्ने भनिएको पत्रकार सम्मेलन सरको छ । हिजो बसेको विपक्षी दलको संयुक्त बैठकले आज पत्रकार सम्मेलनको गर्ने निर्णय गरेको थियो ।
कार्यदलले ड्राफ्टलाई अन्तिमरूप दिन बाँकी रहेकाले सम्मेलन भोलि दिउसो ३ बजेका लागि सारिएको नेसपाका अध्यक्ष महिन्द्र राय यादवले जानकारी दिए ।
विपक्षी दलको हिजोको बैठकले वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका नेता बेदुराम भुसाल सम्मिलित २ सदस्यीय कार्यदल बनाएर विपक्षीहरूको साझा धारणाको ड्राफ्ट तयार गर्ने जिम्मेवारी दिएको थियो । यो कार्यदलले ड्राफ्ट तयार गर्न समय लगाएपछि आजको पत्रकार सम्मेलन स्थगित भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण