समीक्षा र गोविन्दले गाए मार्मिक गीत ‘भिसा हातैमा’
बिहीबार, ०३ माघ २०८१, ०९ : १९

काठमाडौँ । गायिका समीक्षा अधिकारी र गायक गोविन्द गौतमको स्वर रहेको मार्मिक गीत ‘भिसा हातैमा’ सार्वजनिक भएको छ । गीतमा बाध्यताका कारण परदेशिने युवाहरूको कथा समेटिएको छ । गीतको शब्द तथा सङ्गीत गायक गौतमकै हो ।
गीतको म्युजिक भिडियोमा यशु, नवीन गौतम, अञ्जु चौलागाई, दीपक गौतम, करिना खड्का लगायतको अभिनय छ ।
यसअघि आफ्नो गीतमा विकृति, विसङ्गति प्रस्तुत गर्दै आएका गाैतमले यो पटक भने देशको समस्या उठाएका हुन् ।