कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, २ युवाको मृत्यु
बिहीबार, ०३ माघ २०८१, ०९ : ३०

बुटवल । कपिलवस्तुमा गएराति दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकखण्डमा नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।
मृत्यु हुनेमा लु १० प ४४९६ नम्बरको मोटरसाइकल चालक रुपन्देहीको सैनामैना–४ बस्ने वर्ष २७ को रोमन थारु र यूपी ५५ ए एच ७०९० नम्बरको मोटरसाइकलका चालक कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका ३५ वर्षीय नेहामन अली रहेका छन् ।
उनीहरूको अस्पतालमा उपचारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् डिएसपी डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए । दुर्घटनामा घाइते २६ वर्षीय अजय थारुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमान घिसिङ आफूखुसी ढङ्गले अघि बढ्न खोजे: ऊर्जामन्त्री
-
जलविद्युत आयोजनाहरूको ठेक्कामा लेनदेन भएको पुष्टि गर्न प्रचण्डलाई ऊर्जा मन्त्रीको चुनौती
-
नेपाल-क्यानडा सम्बन्धको ६० औँ वर्षगाँठ, दिगो विकासमा सहयोग विस्तार गर्ने घोषणा
-
प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन हुन्छन् : महासचिव पोखरेल
-
वायु र ध्वनि प्रदूषणको मारमा काठमाडौँका विद्यालय
-
स्कुल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो