कांग्रेसका दुई भ्रातृ संगठनद्वारा अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको विरोध
बिहीबार, ०३ माघ २०८१, १४ : ५०
काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसका दुई भ्रातृ संस्थाले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोध गरेका छन् ।
बिहीबार पार्टीका दुवै भातृ संस्थाले अलग–अलग विज्ञप्ति निकालेर विरोध गरेका हुन् । तरुण दल अध्यक्ष विद्वान गुरुङ र नेविसंघ प्रवक्ता सुरज सेजुवालले विज्ञप्ति निकालेर घटनाको विरोध तथा दोषीलाई कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार रास्वपा सभापति रवि लामिछाने सम्बन्धी बहस सकिएर अदालत बाहिर निस्किने क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणको प्रयास भएको थियो । जसको चौतर्फी विरोध भइरहेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाभित्र खटपट र मन्त्री फेर्ने ‘हाउगुजी’का बिच ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक !
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण