कांग्रेसका दुई भ्रातृ संगठनद्वारा अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको विरोध
बिहीबार, ०३ माघ २०८१, १४ : ५०

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसका दुई भ्रातृ संस्थाले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोध गरेका छन् ।
बिहीबार पार्टीका दुवै भातृ संस्थाले अलग–अलग विज्ञप्ति निकालेर विरोध गरेका हुन् । तरुण दल अध्यक्ष विद्वान गुरुङ र नेविसंघ प्रवक्ता सुरज सेजुवालले विज्ञप्ति निकालेर घटनाको विरोध तथा दोषीलाई कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार रास्वपा सभापति रवि लामिछाने सम्बन्धी बहस सकिएर अदालत बाहिर निस्किने क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणको प्रयास भएको थियो । जसको चौतर्फी विरोध भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा लिभरपुललाई घाटा, एभर्टनले अंक खोस्यो
-
माथिल्लो त्रिशूली जलविद्युत् प्रभावितलाई सामाजिक उत्तरदायित्वको १७ करोड
-
रुसी राष्ट्रपति पुटिनसँग फोन वार्तापछि युक्रेन युद्धबारे के भने ट्रम्पले ?
-
नगरको नारा, ‘एक घर एक धारा’
-
रातोपाटी ब्रिफिङ : राजीनामा बुझाएका व्यक्ति एआईजी बढुवादेखि मेलम्चीको पाइप फुटेपछि काठमाडौं जिल्ला अदालतका फाँटमा क्षतिसम्म
-
कोशी प्रदेशका ७ वटा स्थानीय तहले दिए सार्वजनिक बिदा