राप्रपा नेता पाण्डे जोडिएको भ्रष्टाचार मुद्दामा विपक्षी झिकाउन सर्वोच्चको आदेश
बिहीबार, ०३ माघ २०८१, १९ : १३
काठमाडौँ । राप्रपा नेता एवं ठेकेदार विक्रम पाण्डे जोडिएको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले विपक्षी झिकाउन आदेश दिएको छ ।
बिहीबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ, सुनिल कुमार पोखरेलको संयुक्त इजलासले सिक्टा सिँचाइ आयोजनाको गुणस्तरहीन निर्माण कार्य गरी भ्रष्टाचार गरेको मुद्दामा विपक्षी झिकाउन आदेश दिएको हो ।
अध्ययन प्रतिवेदनका अनुसार ठेक्का सम्झौता नगरिएको, निर्माण हुनासाथ गरिएको अध्ययनबाट नहरको संरचना चर्केको, टर्फिन उप्केको जस्ता त्रुटिपूर्ण निर्माण भएको देखिएका भन्दै रिट दायर भएको थियो ।
त्यसले सरकारलाई हानी नोक्सानी पुर्याउने कार्य भएकोमा प्रतिवादीहरूले आरोपित कसुरबाट सफाइ पाउने ठ्याई विशेष अदालतबाट भएको फैसला प्रमाण मुल्याङ्कनको रोहमा विचारणीय भई फरक पर्न सक्ने देखिँदा प्रतिवादीहरूलाई झिकाउन सर्वोच्चको आदेशमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण