प्रधानमन्त्रीलाई सहकारी पीडितको प्रश्न– हाम्रो बचत कहिले फिर्ता हुन्छ ?
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीसँग पोखराको सूर्यदर्शन सहकारीका पीडित बचतकर्ताहरूले बचत रकम फिर्ताबारे प्रश्न गरेका छन् । उनीहरुले पोखरा एयरपोर्टमा प्रधानमन्त्रीलाई भेटेर रकम फिर्ता हुने सुनिश्चितताको माग गरेका हुन् ।
‘हामीले हाम्रो बचत कहिले फिर्ता पाउँछौँ ? हाम्रो बचतको सुनिश्चितता कहिले हुन्छ ? हाम्रो औषधी उपचार कहिले हुन्छ ?,’ उनीहरुले भने, ‘हाम्रो सन्तानको शिक्षा स्वास्थ्य कहिले सुलभ बन्छ ? हाम्रो मृत्यु पछि हाम्रो काजक्रिया कहिले सरल रूपमा गर्न पाउँछौँ ? यस्ता धेरै धेरै सवालको जवाफ सम्पूर्ण सहकारी पीडितलाई चाहिएको छ ।’
उनीहरुले एक ज्ञापनपत्र बुझाएर प्रधानमन्त्री ओलीसँग न्याय पाउने भन्दा मुद्दा झन् जटिल बनाउने काममा राज्य नै लागेको गुनासो गरे । ‘सरकार, प्रशासन, जिम्मेवार निकाय र विभिन्न राजनीतिक दलहरूले समस्याको समाधान भन्दा मुद्दालाई झनै जटिल बनाउँदै लैजाने र प्रत्येक क्षेत्रमा प्रतिकुल प्रभाव पार्ने काम गरिरहेको देखिन्छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यस्ता क्रियाकलापले हामी सहकारी पीडितको न्यायमा आघात पुग्ने खतरा बढेको छ ।’
सहकारी पीडितका समस्या निराकरणका लागि पहिलो पहलकदमी तुरुन्त सुरु गर्न प्रधानमन्त्री ओलीसँग पीडितहरूले आग्रह गरेका छन् । यस्तै, शक्ति केन्द्रलाई नै प्रभाव पार्न सक्ने आरोपितहरू थुनामुक्त हुँदा सहकारी पीडितको न्याय प्रभावित हुने उनीहरूको गुनासो छ । ‘सरकार, शासन र शक्तिकेन्द्रलाई नै प्रभावमा पार्न सक्ने आरोपितहरू थुना मुक्त हुने कुराले हामी सहकारी पीडितले न्याय पाउनेकुरामा संशय बढेको छ,’ संघर्ष समितिका संयोजक किरण श्रेष्ठले भने, ‘यो विषय कुनै व्यक्तिगत आग्रह पूर्वाग्रह, कुनै राजनीतिक प्रभाव, नाफा घाटा वा कुनै प्रतिशोधको होइन । यो हामी सहकारी पीडितको न्यायको लागि हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण